खाँडादेवी गाउँपालिकामा गठबन्धन भन्दा एमालेलाई झण्डै दोब्बर मतको अग्रता



५ जेठ, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिकामा नेकपा एमालेले अग्रता ह्वातै बढाउदै लगेको छ । कांग्रेस र माओवादीको गठबन्धन गरे पनि एमालेले पछिल्लो मतपरिणाम अनुसार झण्डै दोब्बर मतले अग्रता लिएको छ ।

नेकपा एमालेका उम्मेदवार ज्ञान कुमार श्रेष्ठले पछिल्लो मतपरिणाम अनुसार ६२७० मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार नवराज थोकरले ३९६९ मत प्राप्त गरेका छन् । अब खाँडादेवी गाउँपालिकाको नौ वटा वडामध्ये तीन वटा वडाको मतपरिणाम आउन बाँकी रहेको छ । हालसम्म पाँच वटाको मतपरिणाम आउदा वडा नम्बर १ मा माओवादी र बाँकी वडामा एमालेकै वडाअध्यक्ष विजयी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्