खाँडादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी



६ जेठ, रामेछाप ।
खाँडादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमाले विजयी भएको छ । गठबन्धलाई पराजित गर्दै खाँडादेवी गाउँपालिकाको अध्यक्षमा ज्ञान कुमार श्रेष्ठ र उपाध्यक्षमा रमा घिसिङ विजयी भएकी हुन् ।

अध्यक्षमा निर्वाचित ज्ञान कुमार श्रेष्ठले ७३६९ मत प्राप्त गरे भने कांग्रेसका उम्मेदवार नवराज थोकरले ४९०९ मत प्राप्त गरे । त्यसैगरी पालिकाको उपाध्यक्षमा रमा घिसिङ ७४५८ मत प्राप्त गरेर विजयी भइन भने माओवादीबाट उपाध्यक्षका उम्मेदवार बनेका मान लामाले ४१११ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्