रामेछापको आठ स्थानीय तहका प्रमुखहरुले लिए शपथ



६ जेठ, रामेछाप ।
रामेछाप जिल्लामा रहेका आठ वटै स्थानीय तहमामा निर्वाचित प्रमुखखरुले सपथ ग्रहण गरेका छन् । रामेछापको दुई नगरपालिकाका नगरप्रमुख र छ गाउँपालिकाका अध्यक्षहरुले आज शपथ ग्रहण गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार मन्थली नगरपालिकामा आयोजना गरेको कार्यक्रममा जिल्लाका आठ वटै स्थानीय तहका प्रमुखहरुलाई मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टको उपस्थितिमा रामेछापका जिल्ला न्यायाधीश बद्रीप्रसाद ओलीले निर्वाचित जनप्रतिनिधिहरुलाई शपथ गराएका छन् ।
मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठ, रामेछाप नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपाने, उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार, गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का दिनेश, लिखुतामाकोसी गाउँपालिकाका अध्यक्ष, केशव महत, खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ, दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तान कमान र सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले सपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्