यी हुन रामेछाप हाँक्ने आठ स्थानीय तहका प्रमुख/उपप्रमुखहरु



६ जेठ, रामेछाप । रामेछापको आठ वटै स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । रामेछापको आठ वटै स्थानीय तहमा निर्वाचित प्रमुख उपप्रमुखहरुले आज सपथ पनि लिइसकेका छन् ।

यस पटक गत निर्वाचनमा निर्वाचित उमाकुण्ड गाउँपालिकाका शेरबहादुर सुनुवार पुनः दोहोरिए । गत स्थानीय तहमा निर्वाचित आठ स्थानीय तहका प्रमुख मध्य दोहोरिने सुनुवार मात्र हुन् । सुनापति गाउँपालिकामा उपाध्यक्ष गीता विष्ट चौलागाई पनि पुनः उपाध्यक्षमै दोहोरिएकी छिन् । बाँकी रहेको १४ जना प्रमुख उपप्रमुखहरु भने सबै नयाँ अनुहार आएका छन् ।

गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा एमालेका सुनुवार पुनः दोहोरिदा उपाध्यक्षमा भने कांग्रेसकी सावित्री सुनुवार निर्वाचित भएकी छिन् । गत निर्वाचनमा पनि उमाकुण्ड गाउँपालिकाको उपाध्यक्ष कांग्रेसले जितेको थियो ।गोकुलगंगा गाउँपालिकाका कांग्रेसबाट निर्वाचित अध्यक्ष काजीबहादुर खड्का दिनेश र उपाध्यक्षमा निर्वाचित उषा वस्नेत कार्की पनि नयाँ अनुहार हुन् ।

त्यसैगरी लिखुतामाकोसी गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा निर्वाचित केशव महत नयाँ अनुहार हुन् । उपाध्यक्षमा निर्वाचित दिपा पाख्रिन भने गत निर्वाचनमा जिल्ला समन्वय समितिका उपप्रमुख भएकी थिइन ।रामेछाप नगरपालिकामा कांग्रेसबाट निर्वाचित नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपाने र कांग्रेसबाटै निर्वाचित बाला कुमारी कार्की पनि नयाँ अनुहार हुन् । लवश्री न्यौपाने कांग्रेस रामेछापका पूर्व सभापति समेत हुन् ।त्यसैगरी मन्थली नगरपालिकामा एमालेबाट निर्वाचित नगरप्रमुख लवश्री न्यौपाने र एमालेबाटै उपप्रमुखमा निर्वाचित ईश्वरी वस्नेत पनि नयाँ अनुहार नै हुन् ।

खाँडादेवी गाउँपालिकामा एमालेबाट निर्वाचित पालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ र उपाध्यक्ष रमा घिसिङ पनि नयाँ अनुहार हुने भने दोरम्बा शैलुङ गाउँपालिमा माओवादीबाट अध्यक्षमा निर्वाचित मैन कुमार मोक्तान र कांग्रेसबाट निर्वाचित उपाध्यक्ष खमला थापामगर पनि नयाँ अनुहार हुन् ।सुनापति गाउँपालिकामा माओवादीबाट अध्यक्षमा निर्वाचित ठूलोकान्छा तामाङ पनि नयाँ अनुहार हुन् । उपाध्यक्षमा निर्वाचित गिता विष्ट चौलागाई भने पुनः दोहोरिएकी छिन् । रामेछापका यस पटक १४ जना प्रमुख उपप्रमुख नयाँ अनुहार आएका छन् ।

प्रतिक्रिया दिनुहोस्