खाँडादेवी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार



६ जेठ, रामेछाप ।
खाँडादेवी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष ज्ञान कुमार श्रेष्ठले आजबाट कार्यभार सम्हालेका छन् । शुक्रवार मन्थलीमा शपथ ग्रहण गरे लगत्तै उनले पालिकाको कार्यालयमा आएर पदभार सम्हालेका हुन् ।

उनलाई निवर्तमान अध्यक्ष प्रेम बहादुर तामाङले कुर्सी हस्तान्तरण गरेका थिए । पदभार ग्रहण गरेपछि रामेछाप न्युजसँग कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले चुनाव अघि गरेको प्रतिबद्धता अनुसार नै काम गर्ने बताए । उनले भने,‘जनताको चाहना र भावनालाई पहिलो प्राथमिकता दिएर काम गछौं, सबको साथ सहयोग लिएर अघि बढछौं ।’

प्रतिक्रिया दिनुहोस्