मन्थली नगरपालिकालाई विकसित बनाउन योजनाबद्ध रुपमा काम थाल्छुः नगरप्मुख श्रेष्ठ



७ जेठ, रामेछाप ।
मन्थली नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख लव श्रेष्ठले मन्थली नगरपालिकाको विकासको लागि योजनाबद्ध रुपमा काम थाल्ने बताएका छन् । उनले विगतमा भएका कामको समिक्षा गरेर राम्रो कामलाई निरन्तरता दिने बताउदै योजना निर्माण गरेर मात्र काम अघि बढाउने बताएका हुन् ।

शुक्रवार पदभार ग्रहण गरेका नगरप्रमुख श्रेष्ठले रामेछाप न्युजसँग कुराकानी गर्दै भने,‘चुनावी घोषणा पत्र अनुसार काम गछौ, समृद्ध नगरपालिका बनाउन ध्यान केन्द्रीत हुनेछ ।’ उनले सबैको साथ र सहयोग लिएर नै अघि बढने बताउदै मन्थली नगरपालिकाको विकासका लागि सबैको साथको खाँचो रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्