रामेछाप नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख र उपप्रमुखले सम्हाले कार्यभार



९ जेठ, रामेछाप ।
रामेछाप नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख लवश्री न्यौपाने र नगरउपप्रमुख बाला कुमारी कार्की कार्यभार सम्हालेका छन् । आज निवर्तनमान नगरप्रमुख नरबहादुर थापामगर र नगर उपप्रमुख सृजना खड्काले नवनिर्वाचित नगरप्रमुख न्यौपाने र कार्कीलाई कुर्सी हस्तान्तरण गरेका हुन् ।

नवनिर्वाचित नगरप्रमुख न्यौपानेले रामेछाप नगरपालिकालाई समृद्ध बनाउने कार्यमा आफूले ध्यान दिने बताए । रामेछाप न्युजसँग कुराकानी गर्दै उनले भने,‘अघिल्लो सरकारको कार्यकालमा पनि धेरै राम्रो काम भएका छन, ती कामलाई निरन्तरता दिन्छौ, सच्याउनु पर्ने कामको बारेमा समिक्षा गरेर अघि बढछौं ।’

प्रतिक्रिया दिनुहोस्