लिखुतामाकोसी गाउँपालिकालाई विधि र पद्दती अनुसार चलाउँछुः अध्यक्ष महत



८ जेठ, रामेछाप ।
लिखुतामाकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष केशव महतले पालिकालाई विधि र पद्दती अनुसार सञ्चालन गर्ने बताएका छन् । गत कार्यकालमा भएका कामको मुल्याङकन गरिने बताउदै नागरिकलाई महशुस हुने गरी सेवा प्रवाह गर्ने कार्यलाई पहिलो प्राथमिकता दिइने बताएका हुन् ।
आज पदभार ग्रहण गरेपछि अध्यक्ष महतले रामेछाप न्युजसँग भने,‘अघिल्लो कार्यकालमा जनप्रतिनिधिहरुबीचकै विवादको कारण पालिकाले भनेजस्तो विकासको प्रतिफल दिन सकेन, यस पटक हामी विगतको कामको समिक्षा गरेर विधि र पद्दतीलाई आत्मसाथ गरेर अघि बढ्छौं ।’

नागरिकले पालिकामा सबै दलको प्रतिनिधित्व हुने गरी जनमत दिएको बताउदै महतले सबै राजनीतिक दलहरुसँग सहयोग लिएर नै अगाडि बढने बताए । पालिकामा अब विकास निर्माणको कामलाई गति दिने गरी योजना निर्माण गछौ, विगत भन्दा राम्रो काम गरेर जनतालाई परिवर्तनको आभाष दिलाएर छोडछौ, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
nRbL3YEv59iM3m, c5KY, cFldkHqgh, objcS1NPeKWkJnE, gP9zZzLjTX, ZVj9YGAJD8, 04GXsqrgsjE40G, NoDAIj2S0qIkitKA, Xdiv15Hd1BjtvqxD, eD6fdDoC3fYq