रामेछापमा पार्टीका उम्मेदवारलाई अन्र्तघात गर्नेमाथि कारवाही हुन्छः सभापति तामाङ



९ जेठ, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ कान्छारामले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेल्नेमाथि कारवाही हुने चेतावनी दिएका छन् । उनले चुनावमापार्टीका उम्मेदवारलाई हराउन अन्र्तरघात गर्ने जो कोहीलाई नछोड्ने चेतावनी दिएका हन् ।
आज मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा सभापति तामाङले पार्टीकै नेता कार्यकर्ताबाट अन्तरघात भएकै कारण पार्टीले लक्ष्य अनुसार परिणाम ल्याउन नसकेको बताए ।

उनले भने,‘पार्टीको जुनसुकै तहमा रहेका नेता हुन अन्तर्गघात गर्नेलाई छोडिदैन, कारवाही गरिन्छ ।’ काँग्रेसले रामेछाप नगरपालिका प्रमुख र उपप्रमुख, गोकुलगङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, लिखुतामाकोसी गाउँपालिकाको अध्यक्ष, उमाकुण्ड गाउँपालिकाको उपाध्यक्ष र दोरम्बा सैलुङ गाउँपालिकाको उपाध्यक्ष जित्दै जिल्लोका ६४ मध्य २४ वटा वडाकोअध्यक्ष जितेको छ ।

प्रतिक्रिया दिनुहोस्