सुत्केरीलाई चार हजार भत्ता दिने सुनापति गाउँपालिकाको निर्णय



९ जेठ, रामेछाप ।
सुनापति गाउँपालिकाले पालिकाभित्रको सुत्केरीलाई चार हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ । आज नवनिर्वाचित अध्यक्ष ठूलोकान्छा तामाङले पदभार सम्हाल्दै सुत्केरीलाई चार हजार रुपैयाँ भत्ता दिने निर्णयमा हस्ताक्षर गरेका हुन् । पदभार ग्रहण कार्यक्रममा निर्वतमान गाउँपालिकाका अध्यक्ष धावा लामा, प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी गाउँपालिकाका उपाध्यक्ष गीता विष्ट चौलागाईले पनि आजै पुनः दोस्रो कार्यकालको लागि पदभार ग्रहण गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्