गर्भवती र सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने गोकुलगंगा गाउँपालिकाको निर्णय



१२ जेठ, रामेछाप ।
गोकुलगंगा गाउँपालिकाकाले सुत्केरी र गर्भवती महिलालाई निशुल्क रुपमा सेवा उपलब्ध गराउने निर्णय गरेको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का दिनेशलेकार्यभार सम्हाल्दै सुत्केरी र गर्भवतीलाई निशुल्क एम्बुलेन्स सेवा दिने र जेष्ठ नागरिकलाई सम्मान गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

गोकुलगंगा गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष सहित ४ वडामा कांग्रेसका वडाअध्यक्ष निर्वाचित भएका छन् । अध्यक्ष खड्कालाई कार्यपालिकामा सुविधाजनक बहुमत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्