यी हुन रामेछापमा निर्वाचित आठ स्थानीय तहको प्रमुख/उपप्रमुख र वडाअध्यक्षहरु (नामसहित)



१२ जेठ, रामेछाप ।
रामेछाप जिल्लामा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पहिलो दल बनेको छ । गत स्थानीय तहको निर्वाचनमा पहिलो दल बनेको नेकपा एमाले दोस्रो बन्दा नेकपा माओवादी तेस्रो बन्न पुगेको छ ।

रामेछापमा नेकपा एकीकृत समाजवादीले एउटा वडा जितेर आफ्नो अस्थित्व जोगाएको छ । ०७४ को स्थानीय चुनावमा बहुमत पालिका जित्दै जिल्लाकै ठूलो दल बनेको एमालेलाई यस पटक कांग्रेसले गठबन्धन मार्फत पछि पारेको छ । गठबन्धनको बलमा कांग्रेसले ३ पालिका प्रमुख ४ उपप्रमुख र २४ वटा वडा जितेको छ । त्यसैगरी
एमालेले ३ प्रमुख ३ उप प्रमुख र २४ वटा वडामा जित निकालेको छ । नेकपा माओवादी केन्द्रले २ प्रमुख, १ उपप्रमुख र १५ वटा वडामा विजय हासिल गर्दा नेकपा एकीकृत समाजवादीले मन्थली नगरपालिकामा एक वडाध्यक्ष मात्रै जितेको छ ।

पालिकाको नेतृत्वमा कांग्रेस पहिलो भएपनि वडा अध्यक्षम भने कांग्रेस र एमालेले बराबरीको संख्यामा जितेका छन् । गत स्थानीय तहको निर्वाचनमा जिल्लाका आठ पालिकामध्ये पाँच पालिकामा प्रमुख र चार पालिकामा उपप्रमुख एमालेले जितेको थियो ।

त्यसैगरी गत निर्वाचनमा ६४ वडामध्ये एमालेले २८, माओवादीले २१, कांग्रेसले १३, राप्रपाले १ र स्वतन्त्रबाट एक जनाले वडाध्यक्ष जितेका थिए । तर यस पटक पनि १२ वटा वडाअध्यक्ष जितेको कांग्रेसले ११ वटा वडा थप्दै २४ वटामा जित हासिल गरेको छ । गत निर्वाचनमा २८ वटा वडा जितेको चार वटा वडा गुमाउदै २४ वटामा मात्र जित्न सफल भएको छ भने माओवादीले पनि ६ वटा वडा गुमाउदै १५ वटामा सीमित भएको छ ।

रामेछापको आठ वटा स्थानीय तहमा नवनिर्वाचित पालिका प्रमुख, उपप्रमुख ६४ वटा वडामा निर्वाचित वडाध्यक्षहरूको नामावलीः

प्रतिक्रिया दिनुहोस्