मन्थली नगरपालिकामा चुनावअघि नमिलेका एमाले–माओवादी चुनावपछि मिले



१३ जेठ, रामेछाप ।
रामेछापको मन्थली नगरपालिकामा कार्यपालिकाको सदस्य चयनको विषयलाई लिएर नेकपा एमाले र नेकपा माओवादीबीच सहमति भएको छ । आठ जना कार्यपालिकाको सदस्य चयनको विषयलाई लिएर चुनाव अघि एक्ला एक्लै चुनावमा सहभागी भएका दुई पार्टीबीच सहमति भएको छ । सहमति अनुसार आठ जना कार्यपालिका चयनमा एमालेले ६ र माओवादीले दुई जना सदस्य पाएको छ । मन्थली नगरपालिका कार्यपालिकालाई पूर्णता दिन जेठ १५ गते निर्वाचन हुनेछ । कार्यपालिकामा दलित र अल्पसंख्यक एक÷एक जना खुल्लाबाट र बाँकी ६ जना सदस्य निर्वाचित सदस्यबाटै निर्वाचित हुने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्