दोरम्बा शैलुङ गाउँपालिकाको कार्यपालिकाले पूर्णता पायो, को–को थपिए ?



१४ जेठ, रामेछाप ।
दोरम्बा शैलुङ गाउँपालिकाको कार्यपालिकाले पूर्णता पाएको छ । आज गठबन्धनको तर्फबाट सर्वसम्मत रुपमा ६ जना कार्यपालिकाका सदस्य चयन भएसँगै कार्यपालिकाले पूर्णता पाएको हो । अल्पसंख्यक र दलितबाट एक÷एक जना र निर्वाचित वडा सदस्य मध्येबाट चार जना गरी छ जना कार्यपालिकाका सदस्य थपिएका छन् ।

योसँगै पालिकाको कार्यपालिकाका सदस्यको संख्या १५ जना पुगेको छ । कार्यपालिकाको सदस्यमा चयन हुनेमा फुलमाया विक, देवी माया थापा, रुपमाया श्रेष्ठ, निमा शेर्पा, वीर बहादुर कार्की र रिता महते रहेका छन् । वीर बहादुर कामी र फुलमाया विक कांग्रेसबाट र बाँकी चार जना माओवादीबाट कार्यपालिकाको सदस्यमा चयन भएका हुन् । कार्यपालिकामा चयन भएका छ जनालाई नै आज गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले पद तथा गोपनियताको सपथ गराएका छन् ।

दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले कार्यपालिकाले पूर्णता पाएसँगै जेठ १६ गते गाउँपालिकाको पहिलो बैठक बोलाइएको रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्