याक तथा चौंरी कृषक महासंघको महासचिवमा रामेछापका शेर्पा



१४ जेठ, काठमाडौं ।

नेपालमा पहिलो पटक राष्ट्रियस्तरको याक सञ्जालको रुपमा ‘याक तथा चौंरी कृषक महासंघ नेपाल’को गठन भएको छ। राष्ट्रिय पशुपंछी स्रोत व्यावस्थापन तथा प्रवर्द्धन कार्यालय, नेपाल कृषि अनुसन्धान परिषदको साझेदारीमा आयोजित नेपालमा याक र चौरी प्रवर्द्धन सम्बन्धी २ दिने प्रथम राष्ट्रिय कार्यशाला गोष्ठीले महासंघ गठन गरेको हो ।

राष्ट्रिय पशुपन्छी स्रोत व्यावस्थापन तथा प्रवर्द्धन कार्यालयको मातहतमा रहने गरी नुरु शेर्पाको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति गठन भएको छ । महासंघको उपाध्यक्षमा लालकुमार केसी महासचिव दावा सङ्बु शेर्पा (रामेछाप), सचिवमा चन्द्रलाल नेपाल र कोषाध्यक्षaमा लामुचिपा शेर्पा रहेका छन् ।

महासंघले ६ महिनाभित्र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत राष्ट्रिय पशुपन्छी स्रोत व्यावस्थापन तथा प्रवर्द्धन कार्यालयसँगको सहकार्यमा राष्ट्रिय याक तथा चौरी नीति बनाउन पहल गर्ने बताउँदै सम्पूर्ण हिमाली तथा उच्च पहाडी क्षेत्रका याक तथा चौंरीपालकहरुले आफ्नो पेशालाई निरन्तरता दिँदै महासंघको छातामुनि आवद्ध हुन आव्हान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्