सरकारले अब किसानलाई पेन्सन दिने



१५ जेठ, काठमाडौं । सरकारले किसान पेन्सन योजना अघि सारेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा किसानसँग सरकार कार्यक्रम अघि सारेका हुन् । किसान पेन्सन कार्यक्रम सुरु गर्न किसान हित कोष स्थपना गरिनेछ, उनले भने । यो कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत सरकारले जम्मा गरिदिने बताउदै शर्माले कोष स्थापना गर्न विउ पूँजीका रुपमा १ अर्ब छुट्याएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्