रामेछापको जिल्ला समन्वय समितिमा माओवादीसँग कांग्रेसले सहकार्य गदैनः सभापति तामाङ



१७ जेठ, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ कान्छारामले जिल्ला समन्वय समितिको प्रमुख/उपप्रमुख चयनमा माओवादीसँग सहकार्य नहुने बताएका छन् । उनले आफूहरु माओवादीसँग सहकार्य नगर्ने पक्षमा रहेको बताएका हुन् । रामेछाप न्युजसँग कुराकानी गर्दै सभापति तामाङले भने,‘हामी माओवादीसँग जिससमा सहकार्य गर्ने पक्षमा छैनौ, एमालेसँग मिले पनि आपत्ति छैन ।’
चुनावअघि नमिलेका नेकपा र माओवादीबीच मन्थली नगरपालिकाको कार्यपालिका सदस्यको चुनावमा भने सहमति भएको थियो ।
जिसस प्रमुख उप्रमुख चयनमा रामेछापमा माओवादी निर्णायक रहेको छ ।

स्थानीय तहको निर्वाचनमा कांग्रेस र एमालेको स्पष्ट बहुमत आउन नसक्दा तेस्रो शक्ति बनेको माओवादी निर्णायक बन्ने भएको छ । स्थानीय तहको निर्वाचनमा कांग्रेस–माओवादीबीच दोरम्बा शैलुङ गाउँपालिका र खाँडादेवी गाउँपालिकामा चुनावी गठबन्धन भएको थियो । दोरम्बा गाउँपालिकामा गठबन्धन विजयी भएपनि खाँडादेवीमा भने पराजित भएको थियो ।

कांग्रेस प्रमुख उपप्रमुख गरी सात, एमालेले प्रमुख उप्रमुख गरी छ जना र माओवादीले प्रमुख उपप्रमुख गरेर तीन जना जितेको छ । रामेछापमा कांग्रेस–एमालेले २४/२४ वटा जितेको छ भने माओवादीले १३ र नेकपा एकीकृत समाजवादलिे एउटा वटा जितेको छ । यसैबीच केन्द्रमा भने जिल्ला समन्वय समितिको प्रमुख उपप्रमुख चयनमा तालमेल गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्