रामेछापमा जिल्ला समन्वय समितिको चुनाव असार २ गते हुने



 १७ जेठ, रामेछाप ।
जिल्ला समन्वय समिति रामेछापको निर्वाचन असार २ गतेको लागि तोकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले असार २ मा जिल्ला समन्वय समितिको चिर्वाचनको मिति तोकेको हो । जिल्लाका आठ स्थानीय तहका प्रमुख/उपप्रमुखबाट जिसस प्रमुख उपप्रमुख र सदस्य चयन हुने छन् । जिसस निर्वाचनमा माओवादी केन्द्र निर्णायक हुने भएको छ । माओवादीले आफूले प्रमुख लिएर उपप्रमुख र सस्यहरु अन्य दललाई दिने तयारी गरेको छ ।
रामेछापका मुख्य निर्वाचन अधिकृत दिवाकर भट्ट आसार २ गते जिल्ला समन्वय समितिको निर्वाचनको मिति तोकिएको रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्