आइतवार सार्वजनिक विदा नदिने दोरम्बा शैलुङ गाउँपालिकाको निर्णय



१७ जेठ, रामेछाप ।
रामेछापको दोरम्बा गाउँपालिका आइतबार विदा नदिने निर्णय गरेको छ । संघीय सरकारले शनिवार र आइतवार दिने निर्णय गरेपनि गाउँपालिकाले आइतवार विदा नदिने निर्णय गरेको हो । गाउँ कार्यपालिकाको पहिलो बैठकले सेवाग्राहीको हितलाई केन्द्रमा राखेर आइतवार विदा नदिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले रामेछाप न्युजलाई जानकारी दिए ।

संघीय सरकारले यही जेठ १ गतेदेखि लागू हुने गरि आइतबार पनि सार्वजनिक विदा दिन निर्णय कार्यान्वयनमा ल्याएको छ । रामेछापमा आइतवार विदा नदिने दोरम्बा शैलुङ गाउँपालिका पहिलो हो । अन्य पालिकाले यस विषयमा कुनै निर्णय गरेका छैनन् । त्यसैगरी गाउँपालिकाको बैठकले पालिकाको प्रवक्तामा मेचमान योञ्जन संगमलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्