रामेछापको लागि २ अर्ब ६८ करोड विनियोजन, कुन स्थानीय तहमा कति ? (बजेटसहित)



१७ जेठ, काठमाडौं ।
संघीय सरकारबाट रामेछाप जिल्लाको आठ वटा स्थानीय तहको लागि करिब २ अर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । सरकारले आर्थिक बर्ष २०७९/०८० को लागि संसदमा प्रस्तुत गरेको बजेट अनुसार रामेछापको लागि उक्त बजेट विनियोजन गरिएको हो । सबै भन्दा बढी बजेट मन्थली नगरपालिकामा ६८ करोड र सबै भन्दा कम बजेट सुनापति गाउँपालिकामा ३३ करोड ३३ लाख रहेको छ ।

कुन स्थानीय तहमा कति बजेट ?
१ लिखुतामाकोशी गाउँपालिका  ३५ करेड ८८ लाख
२  उमाकुन्ड गाउँपालिका ३३ करोड ५४ लाख
३  खाडादेबी गाउँपालिका ४४ करोड ५० हजार
४  गोकुलगंगा गाउँपालिका ३६ करोड ५२ लाख
५ दोरम्बा गाउँपालिका ३६ करोड ३७ लाख
६  सुनापाति गाउँपालिका ३३ करोड ६६ लाख
७ मन्थली नगरपालिका ६८ करोड
८ रामेछाप नगरपालिका ४७ करोड ५२ लाख

 

प्रतिक्रिया दिनुहोस्