गर्भवती र सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने लिखु तामाकोसी गाउँपालिकाको निर्णय



१८ जेठ, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिकाले गर्भवती र सुत्केरी महिलाका लागि निशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको छ । पालिकाभित्रका गर्भवती र सुत्केरी महिलालाई सहज रुपमा अस्पतालसम्म पुर्याउनको लागि निशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको हो ।

गाउँ कार्यपालिकाको पहिलो बैठकले पालिकाभित्र विकास निर्माणको कामलाई तीब्रता दिने निर्णय गरेको छ । लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष केशब महतले विगतको कामको समिक्षा गरेर पालिकालाई समृद्ध बनाउने काम तत्काल अघि बढाउने नीति लिएको रामेछाप न्युजलाई बताए ।

लिखु तामाकोसी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं गाउँ कार्यपालिकाका सदस्य सचिव नविन साहले गर्भवती र सुत्केरी महिलाहरुको हितलाई केन्द्रमा राखेर पालिकाले निशुल्क एम्बेलेन्स सेवा प्रदान गर्ने निर्णय कार्यपालिकाको बैठकले गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्