जिसस रामेछापको प्रमुख लिन कांग्रेस–माओवादीसँग छलफल गर्दै एमाले



१८ जेठ, रामेछाप ।
रामेछापमा जिल्ला समन्वय समितिको चुनाव असार २ गतेको लागि तोकिएको छ । निर्वाचनको मिति तोकिएसँगै नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रमुख लिनको लागि गृहकार्य अघि बढाएका छन् । आठ वटा स्थानीय तहका प्रमुख उपप्रमुख गरेर १६ जना मतदाताबाट जिल्लाको नयाँ नेतृत्व चयन हुनेछ ।

जिसस रामेछापको निर्वाचनमा तीन मत रहेको माओवादी केन्द्र निर्णायक देखिएको छ । जिससको प्रमुख लिनको लागि नेकपा एमालेले आन्तरिक गृहकार्य अघि बढाएको छ । एमाले रामेछापका इन्चार्ज कैशाल ढुंगेलले जिसस प्रमुख आफ्नो पार्टीले लिनको लागि कांग्रेस र माओवादीका जिल्ला नेताहरुसँग छलफल अघि बढाएका छन् ।

यस विषयमा ढुंगेलसँग रामेछाप न्युजले ढुंगेलसँग बुझदा दुवै दलसँग कुराकानी भएको पुष्टि गरे । उनले भने,‘कांग्रेस माओवादीसँग नै छलफल भएको छ, छलफल सकारात्मक ढंगले अघि बढेको छ ।’

प्रतिक्रिया दिनुहोस्