आइतवार पनि विद्यालय खोल्ने मन्थली नगरपालिकाकाे निर्णय



१८ जेठ, रामेछाप ।
मन्थली नगरपालिकाको कार्यपालिकाको बैठकले आइतवार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले यही जेठ १ गतेदेखि शनिवार र आइतवार दुई दिन सार्वजनिक विदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ ।

मन्थली नगरपालिकाले अन्य निकायमा आइतवार सार्वजनिक विदाको निर्णय कार्यान्वयन गर्ने भए पनि विद्यालय भने आइतवार पनि सञ्चालन गर्ने निर्णय गरेको हो । मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठले कार्यपालिकाको बैठकले आइतवार पनि नगरपालिकाभित्रका सबै विद्यालयलाई पठनपाठन गराउन निर्देशन दिने निर्णय गरेको रामेछाप न्युजलाई बताए ।

यस्तो छ मन्थली नगरपालिकाले गरेको १३ बुँदे निर्णय

प्रतिक्रिया दिनुहोस्