रामेछापमा जिससको निर्वाचनमा कांग्रेसँग गठबन्धन गर्ने तयारीमा छौः मोक्तान



१९ जेठ, रामेछाप ।
नेकपा माओवादी केन्द्र रामेछापका जिल्ला संयोजक एवं दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष समेत रहेका मैन कुमार मोक्तानले रामेछापमा जिल्ला समन्वय समितिको निर्वाचनमा नेपाली कांग्रेसँग गठबन्धन गर्ने तयारी गरेको बताएका छन् । उनले केन्द्रदेखि स्थानीय तहसम्म नै गठबन्धन रहेकाले जिससको निर्वाचनमा पनि गठबन्धन गरेर अघि जाने विषयमा अनौपचारिक छलफल भइरहेको बताएका हुन् ।

मोक्तानले रामेछाप न्युजसँग भने,‘स्थानीय निर्वाचनमा पनि गठबन्धन भएको छ, केन्द्रको निर्देशन पनि गठबन्धन गर्नु भन्ने नै छ, हामी जिल्लामा पनि गठबन्धन गरेर अघि बढछौं भन्ने लागेको छ ।’ रामेछापमा जिससको निर्वाचनमा माओवादी निर्णायक शक्तिको रुपमा रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जिससको निर्वाचन जेठ २९ गतेको लागि तोकेको छ । योसँगै कांग्रेस एमाले र माओवादी जिसस प्रमुख लिने विषयमा छलफलमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्