जिससको निर्वाचनमा माओवादीसँग गठबन्धन गछौः सचिव खड्का



१९ जेठ, काठमाडौं ।
नेपाली कांग्रेस रामेछापका सचिव दिपक खड्काले जिल्ला समन्वय समितिको निर्वाचनमा माओवादीसँग गठबन्धन गर्ने बताएका छन् । उनले केन्द्रदेखि नै गठबन्धन गर्ने नीति रहेकाले रामेछापमा पनि गठबन्धन हुने बताएका हुन् । रामेछाप न्युजसँग कुराकानी गर्दै सचिव खड्काले भने,‘जिल्ला तहमा घोषित निर्णय नहुँँदा पनि दोरम्बा शैलुङ गाउँपालिका र खाँडादेवी गाउँपालिमा कांग्रेस–माओवादीबीच गठबन्धन भएर भाग लिएका छौ, जिसस पनि गठबन्धन गरेर जाने सोचमा छौं ।’


केन्द्रीय तहम नै जिससको निर्वाचनमा गठबन्धन गर्ने नीतिगत निर्णय भएको बताउदै सिट बाँडफाँडमा सहमति जुटाएर आफूहरु माओवादीसँग नै सहकार्य गर्ने खड्काले बताए । जिसस निर्वाचनमा रामेछापमा आठ स्थानीय तहका प्रमुख उप्रमुखले मतदान गर्नेछन् । १६ जना मतदाता रहेको जिसस निर्वाचनमा तीन मत रहेको माओवादी निर्णयक शक्तिको रुपमा रहेको छ । स्थानीय तहको निर्वाचनमा कांग्रेसले प्रमुख उपप्रमुखसहित सात, एमालेले प्रमुख उपप्रमुखसहित ६ र माओवादीले प्रमुख उपप्रमुखसहित तीन पदमा निर्वाचित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्