कठिन समयमा लिखु तामाकोसी गाउँपालिकाको जिम्मेवारी सम्हाल्ने साह



२० जेठ, रामेछाप ।
रामेछापको आठ वटा स्थानीय तह मध्य लिखु तामाकोसी गाउँपालिकाको गत पाँच बर्षे कार्यकाल निकै विवादित बन्न पुग्यो । जनप्रतिनिधिहरुको विवादको कारण कुनै पनि विकास निर्माणको कामले लय समात्न सकेन । विवादको असरले गाउँपालिकाको कार्य सम्पादन अस्तव्यस्त बन्न पुग्यो । गाउँपालिकाका निर्वतमान अध्यक्ष गोविन्द खडका् र कार्यपालिकाका सदस्यहरुको चरम विवादको कारण अड्डा अदालतमा मुद्दा मामिला चल्यो ।

कार्यपालिकाका सदस्यहरु बीचको विवादको कारण गाउँपालिकामा कमर्चारी काम गर्न नै डराउने अवस्था सृजना भयो । पाँच बर्षको अवधि मात्र पालिकामा आठ जना प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भए । कार्यपालिकाका सदस्यहरुबीचको विवादमा प्रमुख प्रशासकीय अधिकृतहरुले कार्य सम्पादन गर्ने आँट गर्न सकेनन । तर कोरानाको कठिन समयमा नागरिकलाई सेवा दिन नविन साहले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्ने ।

उनले चुनौतीपूर्ण जिम्मेवारी लिदै कठिन परिस्थितिको सामना गर्दै सबैसँग समन्वय गरेर अहिले पालिकामा प्रशासकीय अधिृकतको जिम्मेवारी निर्वाह गर्दै आएका छन् । अहिले नयाँ नेतृत्व आएपछि काम गर्न सहज भएको उनले बताए ।

साह भन्छन,‘आएका प्रमुख प्रशासकीय अधिकृत बस्न नमान्ने, पालिकाबाट पाउने सेवा सुविधाबाट नागरिक बञ्चित भएपछि मैले चुनौतीकै बीचमा पनि नागरिकलाई सेवा दिनुपर्छ भनेर प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेर काम गर्दै आएको छु ।’ यसअघिका अध्यक्ष गोविन्द खड्कासँग काम गर्न निकै गाह्रो भएको बताउदै डर धाक धम्कीको बाबजुध पनि आफूले आँटको साथ काम गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्