रामेछापमा मल अभाव भइरहेको बेला प्रहरीद्धारा युरिया मल बरामत



२१ जेठ, रामेछाप ।
रोपाइँको लागि रामेछापमा युरिया मल पर्याप्त नहुने किसानहरु चिन्तित बनिरहेको बेला जिल्ला प्रहरी कार्यालय रामेछापले युरिया मल बरामत गरेको छ । प्रहरीले मन्थली नगरपालिका–१ भैसेश्वर चोकबाट बर्दिवासबाट दोलखातर्फ जादै गरेको गाडीबाट अवैध रुपमा ल्याइएको मल बरामत गरेको हो ।
जिल्ला प्रहरी कार्यालय प्रवक्ता राजु प्रसाद ढकालले बा १० च २१४ को टाटा गाडीबाट बिना भ्याटबिल ४० बोरा युरिया मल बरामत गरेको जानकारी दिए । उनका अनुसार चालकसहित पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्