रामेछापको फिटान जंगलमा बलेरो दुर्घटना



२२ जेठ, रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिका–फिटान जंगलमा बलेरो गाडी दुर्घटना भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् । भिजन ईनर्जि हाईड्रपावरको बागमती प्रदेश ०१–०२५ च ७९०० नम्बर को बलेरो गाडि लाछेवरबाट ड्याम साईड तर्फ जाने क्रममा सडकमा फिलिङ गरेको माटोको छेउसाईड च्यापिन गई सडक बाट ५० मिटर तल खसेको थियो ।

बलेरोमा सवार ५ जना मध्य तीन जना घाइते भएकाले उनीहरुलाई थप उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।
घाइते हुनेहरुमा मकवालनपुर भिमफेदी गाउँपालिका–८ का २३ बर्षिय दिपक बुलनु, भक्तपुर नगरपालिका–६ का २६ बर्षिय विक्रम सुवाल र उदयपुर चौदण्डिगढी नगरपालिका–६ का २७ बर्षिय आकाश प्रधान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्