नेता कार्कीको पहलमा सिंचाई योजनालाई बजेट



२५ जेठ, रामेछाप ।
नेकपा एमालेका नेता एवं सामाजिक कार्यमा सक्रिय रहदै आएका दिपेन्द्र कुमार कार्कीको पहलमा सुनापति गाउँपालिका–३ मा सिंचाई आयोजनाको लागि बजेट विनियोजन भएको छ । कामाखोला–मगरभस्मे–भलार्याखर्क–साउने सिंचाई योजनाको लागि आगामी आर्थिक बर्षको लागि बजेट विनियोजन भएको हो ।

स्थानीय तहको निर्वाचनको क्रममा नागरिकसँग गरिएको प्रतिबद्धता अनुसार सिचाई योजनाको लागि एक करोड रुपैयाँ बजेट विनियोजन भएको कार्कीले बताए । उनले आयोजना मार्फत कृषकहरुको आर्थिक जीवनस्तरमा ठूलो परिवर्तन आउने बताए । कार्कीले भने,‘निर्वाचनमा हार जित स्वभाविकै हो, चुनावको जनतासँग गरिएको बाचा र प्रतिबद्धता पूरा गर्नु ठूलो कुरा हो ।’

प्रतिक्रिया दिनुहोस्