जिसस रामेछापमा कांग्रेस–माओवादीबीच गठबन्धन, कांग्रेसलाई प्रमुख, माओवादीलाई उपप्रमुख



२६ जेठ, रामेछाप ।
जिल्ला समन्वय समितिको निर्वाचनमा रामेछापमा सत्ता गठबन्धनबीच सहमति भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादीबीच जिसस प्रमुख/उपप्रमुखसहित सदस्यहरु भागवण्डामा सहमति जुटेको हो ।
आज भएको कांग्रेस र माओवादीको बैठकले प्रमुखसहित कांग्रेसले चार सदस्य लिने र माओवादीले उपप्रमुखसहित पाँच सदस्य लिने सहमति भएको छ ।
कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ कान्छारामले कांग्रेस र माओवादीबीच जिससको पदाधिकारी र सदस्यमा सहमति भएको रामेछाप न्युजलाई बताए ।
आज कांग्रेस सभापति तामाङ र माओवादी रामेछापका जिल्ला संयोजक एवं दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानबीच सिट बाँडफाँडमा सहमति पत्रमा हस्ताक्षर भएको छ ।
यसैबीच कांग्रेसले जिसस प्रमुखमा उमाकुण्ड गाउँपालिका–२ बाम्तीका चिना कार्की थापालाई  उम्मेदवार बनाएको छ भने माओवादीले सुनापति गाउँपालिका–५ का प्रेम सागर खड्कालाई उपप्रमुख बनाउने निर्णय गरेको छ । जिससको चुनाव यही जेठ २९ गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्