जिसस रामेछापले पहिलो महिला प्रमुख पाउने, को हुन कार्की ?



२६ जेठ, रामेछाप ।
नेपाली कांग्रेस र नेकपा माओवादीबीच जिल्ला समन्वय समितिको चुनावमा गठबन्धन भएसँगै जिससको प्रमुखमा पहिलो पटक महिला प्रमुख बन्ने भएकी छिन् । कांग्रेसले जिसस प्रमुखमा चिना खड्का कार्कीलाई उम्मेदवार बनाएको छ । २०४८ सालमा नेविसघंबाट राजनीतिक यात्रा सुरु गरेकी कार्की २०५८ सालमा नेपाल महिला संघ रामेछापको सभापति बनेकी थिइन ।

हाल जिल्ला कार्यसमिति सदस्य रहेकी कार्कीलाई पार्टीले जिसस प्रमुखको रुपमा अघि सारेको छ । स्थानीय तहको निर्वाचनमा उमाकुण्ड गाउँपालिका–२ बाम्तीबाट कार्की वडा सदस्यमा निर्वाचित भएकी थिइन । पार्टीभित्रका आधा दर्जन आकांक्षीलाई पछि पार्दै कार्की जिसस प्रमुखको उम्मेदवार बन्न सफल भएकी थिइन ।

प्रतिक्रिया दिनुहोस्