यी हुन कांग्रेस–माओवादीबाट जिससका प्रमुख/उपप्रमुख र सदस्य बन्ने उम्मेदवारहरु (नामसहित)



२६ जेठ, रामेछाप ।
जिल्ला समन्वय समितिमा कांग्रेस र माओवादीबीच गठबन्धन भएसँगै साझा उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसबाट प्रमुखमा चिना खड्का कार्की र माओवादीबाट प्रेम सागर थापा उप्रमुखको उम्मेदवार बनेका छन् । कांग्रेसले प्रमुखसहित चार र माओवादीले उपप्रमुखसहित पाँच जना सदस्य लिएको छ । नौ सदस्य रहने जिससमा कांग्रेस–माओवादीबीच सिट बाँडफाँड भएको हो ।

जिससको सदस्यमा कांग्रेसबाट बाबुलाल योञ्जन, अनिषा माझी र वीरबहादुर कार्कीको उम्मेदवारी दर्ता भएको छ भने माओवादीबाट हिरा कुमारी गिरी, डम्बरकुमारी रसाइली, विन्दा सार्की र विक्रम थापामगरले जिसस सदस्यको लागि उम्मेदवारी दर्ता गरएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले बताएको छ ।

जिल्ला समन्वयको लागि रामेछापमा नेपाली काँग्रेससँग ७ मत, नेकपा एमालेसँग ६ मत र माओवादी केन्द्रसँग ३ मत रहेको छ । जिल्ला समन्वयको प्रमुख, उपप्रमुख र सदस्य जित्नको लागि कम्तिमा ९ मत ल्याउनु पर्ने हुन्छ । काँग्रेस र माओवादी मिल्दा १० मत हुन्छ । काँग्रेस माओवादीको गठबन्धन हुँदा दश मत आउने भएपछि गठबन्धनको जित निश्चित भएको  बताइएकाे  छ ।

प्रतिक्रिया दिनुहोस्