रामेछापमा पाँच बर्ष जिससको नेतृत्व सम्हालेर विदा भए खड्का



२८ जेठ, रामेछाप ।
पाँच बर्ष जिल्ला समन्वय समिति रामेछापको प्रमुखको नेतृत्व सहाल्दै प्रेमबहादुर खड्का पदबाट बिदा भए । भोली जिससको नयाँ नेतृत्व चयन हुने भएसँगै खड्का विदा भएका हुन् । पाँच बर्षे कार्यकालयमा आफूले जिल्लाको विकासको लागि सक्दो पहल गरेको खड्काले बताए । आफ्नो कार्यकालमा कुनै पनि विवादित काम नभएको बताउदै उनले रामेछाप न्युजसँग भने,‘आठ वटै स्थानीय तहसँग समन्वय गरेर जिल्लाको विकासका लागि भूमिका निर्वाह गरे ।’

प्रतिक्रिया दिनुहोस्