नुवाकोटमा प्रसारण लाइनमा झुण्डिएका माइलाको ८ घण्टापछि उद्धार



२८ जेठ, रामेछाप ।
नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रसारण लाइनमा चढेका व्यक्तिलाई करिब ८ घण्टापछि नेपाली सेनाको टोलीले उद्धार गरिएको छ ।

नेपाली सेनाको रेञ्जर गणको उद्धार टोलीले उनलाई प्रसारण लाइनमै नियन्त्रणमा लिएर भुइँमा झारेको हो । शनिबार विहान करिब ११ बजे ककनी गाउँपालिका–७ स्थित त्रिशुली–मातातीर्थ प्रशारण लाइनमा चढेका बेलकोटगढी नगरपालिका–१२ का माइला विक दिनभर प्रसारण लाइनको तारमा झुण्डिएर बसेका थिए । माइला प्रशारण लाइनमा चढेसँगै उक्त लाइन अबरुद्ध भएको थियो ।

दिनभर नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाले उनलाई प्रसारण लाइनबाट ओराल्ने कोशिस गर्दा पनि असफल भएका थिए । साढे ६ बजेतिर नेपाली सेनाको उद्धार टोली पुगेपछि उनलाई भुइँमा झारिएको नेपाली सेनाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्