जिसस रामेछापको प्रमुखमा कार्की, उपप्रमुखमा थापा, यी हुन निर्वाचित सदस्यहरु (नामावलीसहित)



२९ जेठ, रामेछाप ।
जिल्ला समन्वय समिति रामेछापको निर्वाचन सम्पन्न भएको छ । आज भएको निर्वाचनमा सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा माओवादीबाट साझा उम्मेदवार विजयी भएका छन् । जिसस प्रमुखमा नेपाली कांग्रेसकी चिना खड्का कार्की र उपप्रमुखमा माओवादी केनद्रका प्रेमसागर थापा विजयी भएका छन् । प्रमुख उप्रमुखसहित गठबन्धनका अन्य सदस्य पनि विजयी भएका छन् ।

कांग्रेसबाट बाबुलाल योन्जन, अनिषा माझी र बीरबहादुर कार्की, माओवादी केन्द्रबाट हीराकुमारी गिरी, डम्बरकुमारी रसाइली, बिन्दा सार्की, बिक्रम थापामगर जिसस सदस्यमा निर्वाचित भएका छन् । जिससमा कांग्रेसले प्रमुख लिदा बहमुत सदस्यसहित माओवादी केन्द्रले उपप्रमुख पद लिएको थियो ।

जिससको निर्वाचनमा रामेछापको आठ स्थानीय तहका प्रमुख उपप्रमसहित १६ जना मतदाता रहेका थिए । जस मध्य कांग्रेसको ७ एमालेको ६ र माओवादी केन्द्रको तीन मत रहेको थियो । कांग्रेस–माओवादीको गठबन्धन हुँदा ११ मत सत्ता गठबन्धनको पक्षमा रहेको थियो । निर्वाचनमा गठबन्धनका उम्मेदवारले दस मत मात्र प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्