विपद् व्यवस्थापन गर्न रामेछापको तामाकोसी नदीमा पूर्वतयारी अभ्यास (फोटोफिचर)



३१ जेठ, रामेछाप ।
बर्षाको समयमा रामेछाप जिल्लाभित्र हुन सक्ने विपदका घटनाहरुलाई न्यूनीकरण गर्नको लागि रामेछापको तामाकोसी नदीमा पूर्व अभ्यास गरिएको छ । कुनै पनि दुर्घटना हुँदाको अवस्थामा खोज तथा उद्धार गर्दा अपनाउनु पर्ने विषयमा सुरक्षाकर्मीहरुले पूर्व अभ्यासको डेमो प्रस्तुत गरेका छन् ।
जिल्ला दैविक प्रकोप उद्धार समिति, जिल्ला रेडक्रस सोसाइटी र मन्थली अस्पतालको आयोजनामा भएको डेमो प्रदर्शनमा विपदमा हुन सक्ने सम्भावित घटनाको बरेमा प्रस्तुत गरिएको थियो ।

नागरिकलाई जनचेतना अभिबृद्ध गर्ने उदेश्यको साथ पूर्व अभ्यासको कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले जानकारी दिए । उनका अनुसार विपद ब्यवस्थापन र उद्धार गर्न प्रहरी टोलीलाई विभिन्न स्थानमा तयारी अवस्थामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्