मन्थली नगरपालिकाले १ अर्ब माथिको बजेट ल्याउने



२ असार, रामेछाप ।
आगामी आर्थिक बर्षको लागि  मन्थली नगरपालिकाले १ अर्ब भन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । संघ र प्रदेशबाट प्राप्त अनुदान र आन्तरिक स्रोतसहित गरी करिब १ अर्ब ९ करोड बराबरको बजेट ल्याउने तयारी गरेको हो ।
मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठले १ अर्ब भन्दा बढीको बजेट ल्याउने तयारी गरिएको रामेछाप न्युजलाई बताए । उनले नगरवासीले प्रत्यक्ष रुपमा महशुस गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम र बजेट ल्याउने बताए । कानुनी व्यवस्था अनुसार यही असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्