रामेछाप नगरपालिकाले आगामी आर्थिक बर्षको लागि ४६ करोडको बजेट ल्याउने



३ असार, रामेछाप ।
रामेछाप नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९ ०८० को लागि करिब ४६ करोड बराबरको बजेट ल्याउने तयारी गरेको छ । यही १० गतेभित्र नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गर्नुपर्ने प्रावधान रहेकाले नगरपालिकाले नौ वटै वडाको विकासको लागि प्राथमिकता निर्धारण गरेर बजेट विनियोजन गर्ने काम अघि बढाउको हो ।

रामेछाप नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपानले आगामी आर्थिक बर्षको लागि करिब ४६ करोड बराबरको बजेट ल्याउने गृहकार्य गरिएको रामेछाप न्युजलाई बताए । उनका अनुसार खानेपानी, कृषि सडक लगायत नागरिकको दैनिक आवश्यकतासँग जोडिएको विषयलाई केन्द्रमा राखेर बजेट ल्याउने नीति बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्