शिक्षक संघ रामेछापको अध्यक्षमा रामकृष्ण श्रेष्ठ निर्वाचित



४ असार, रामेछाप ।
नेपाल शिक्षक संघ रामेछापको नबौ जिल्ला अधिवेसनबाट अध्यक्षमा रामकृष्ण श्रेष्ठ निविरोध निर्वाचित भएका छन् । आज सम्पन्न अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट महिला खुला उपाध्यक्षमा लक्ष्मी बुढाथोकी कार्की, पुरुष खुला उपाध्यक्षमा अर्जुनवहादुर श्रेष्ठ, सचिवमा मेघप्रसाद भट्टराई, अर्थ सचिवमा नारायणप्रसाद घिमिरे, सह सचिवमा राजकुमार खड्का सहसचिव महिलामा फुलकुमारी गिरी , सहसचिव अर्थ महिलामा शान्तिकुमारी कार्की, सह सचिव समावेशीमा निराजन लामा र सुदिपकुमार कार्की समेत निर्बिरोध निर्वाचित भएका छन् ।

अधिवेशनले केशरी तामाङ, कमला राय, गंगा तामाङलाई महिला सदस्यमा र चन्द्र प्रसाद घिमिरे , भुवन थापामगर, कुमार खड्का र यज्ञवहादुर कार्कीलाई खुला सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।

उक्त अधिवेशनले पुरुष तर्फ संघीय महाधिवेशन प्रतिनिधिमा बाबुराम घिमिरे, चन्द्रवहादुर घिसिङ, टंकप्रसाद दाहाल, विजानवि श्रेष्ठ तथा महिला तर्फ प्रविना पौडेल र कमला थापा निर्विरोध चयन भएका छन् । प्रदेश प्रतिनिधि तर्फ जनार्दन घिमिरे, राजेन्द्र वस्नेत, हरीनारायण श्रेष्ठ, रुद्रवहादुर खत्री र बुद्धिराज फुयाँल तथा महिला तर्फ रेणुका ढकाल र मेनु पोख्रेल घिमिरे निर्बिरोध चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्