माझी समुदायको डुंगा खेललाई व्यवसायिक खेलको रुपमा अघि बढाउँछौः सदस्य सचिव घिसिङ



५ असार, रामेछाप ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ ‘टलक’ले माझी समुदायको परम्परागत खेलको संरक्षणमा सरकारले ध्यान दिने बताएका छन् । लोभ हुन लागेको माझी समुदायको संस्कृतिसँग जोडिएको डुंगा खेलको विकास र प्रबद्र्धनको लािग कार्यक्रम अघि बढाउने बताएका हुन् ।
रामेछापमा पहिलो पटक आयोजित ढुंगा प्रतियोगीताको उदघाटन गर्दै सदस्य सचिव घिसिङले मानव सभ्यताको पहिचान दिने डुंगा खेलको विकास गर्न आफूले ध्यान दिने बताए । परापूर्वक खालदेखि नै सञ्चालन हुँदै आएका खेललाई राष्ट्रिय खेलकुद परिषद्ले बार्षिक कार्यक्रम समावेश गरेको छ,, उनले भने ।
‘जति बेला खोला र नदी वारपार गर्नको लागि पुल थिएन, त्यति बेला माझी समुदायले डुंगा मार्फत दुई वटा वस्तीको सभ्यतालाई जोडने काम गरेको थियो‘, घिसिङ भने,‘माझी समुदायको डुंगा खेललाई व्यवसायिक खेलको रुपमा अघि बढाउनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्