सुनापति गाउँपालिकाले ६० करोड बराबरको बजेट ल्याउने



५ असार, रामेछाप ।
सुनापति गाउँपालिकाले आर्थिक बर्ष २०७९ ०८० को लागि करिब ६० करोड बराबरको बजेट ल्याउने तयारी गरेको छ । यस आर्थिक बर्षको भन्दा ८ करोड बढीको बजेट ल्याउने तयारी गरेको हो ।
सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले पालिकाले ६० करोड बजेट ल्याउने तयारी गरेको रामेछाप न्युजलाई बताए । उनका अनुसार पालिकाको नीति तथा कार्यक्रम र बजेट असार १० गते गाउँसभामा प्रस्तुत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्