कैलाश ढुंगेललाई मुटुमा समस्या, रामेछापबाट हेलिकोप्टर मार्फत काठमाडौं लैजाने तयारी



७ असार, रामेछाप ।
नेकपा एमाले रामेछापका जिल्ला इन्चार्ज एवं बागमती प्रदेशका पूर्व अर्थमन्त्री कैलाश ढुंगलाई मुटुमा समस्या देखिएको छ । आज बिहान बान्ता गर्ने समस्या भएसँगै उनलाई मन्थलीको तामाकोसी अस्पतालमा भर्ना गरिएको छ ।

उपचारको क्रममा डाक्टरले मुटुमा समस्या रहेका बताएपछि अहिले ढुंगेललाई काठमाडौं लैजाने तयारी भएको छ । एमाले जिल्ला नेता दिनेश सुवेदीका अनुसार स्वास्थ्य अवस्थामा विस्तारै सुधर भएपनि मुटुको समस्याको कारण थप उपचारको लागि हेलिकोप्टर मार्फत नर्भिक अस्पताल लैजाने तयारी भएको छ । उनले रामेछाप न्युजसँग भने,‘काठमाडौंबाट हेलिकोप्टर हिडिसकेको छ, अबको आधा घण्टाभित्र काठमाडौ पुर्याउने तयारी छ ।’

प्रतिक्रिया दिनुहोस्