रामेछाप नगरपालिकाले ल्यायो ७४ करोड ६५ लाखको बजेट, कुन योजनालाई कति बजेट ? (पूर्णपाठसहित)



९ असार, रामेछाप ।
रामेछाप नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० का लागि ७४ करोड ६५ लाख बजेट ल्याएको छ । रामेछाप नगरपालिकालाई समृद्ध बनाउने नीति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक गरेको हो ।

नगरपालिकाकी नगर उपप्रमुख बालाकुमारी कार्कीले आगामी आर्थक बर्षको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्दै निर्वाचनमा गरिएको प्रतिबद्धता अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याइएको बताइन ।

बिहिबार नगरपालिकाको ११ औं नगरसभामा बजेट सार्वजनिक गर्दै उनले विगतको भएको राम्रो कामलाई निरन्तरता दिएको बताउदै नगरपालिकाको विकासका लागि केन्द्रीत गरेर बजेट ल्याइएको बताइन ।
रामेछाप नगरपालिकाले ‘शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन र पूर्वाधार र समृद्ध रामेछाप निर्माणको आधार’को नारा अघि सारेको छ ।
नगरपालिकाले महिलासँग उपमेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्