भटौली खोला थुनेर खाँडादेवी गाउँपालिकालाई हराभरा बनाउँछौः अध्यक्ष श्रेष्ठ



१० असार, रामेछाप ।
खाँडादेवी गाउँपालिकाले भटौली खोला थुनेर गाउँपालिकालाई हराभरा बनाउने नीति तथा योजना अघि सारेको छ । नीति तथा कार्यक्रममा पालिका अतिसुख्खा ग्रस्त क्षेत्रमा पर्ने भएकाले खानेपानी र सिंचाइ कार्यक्रममालाई पहिलो प्राथमिकता दिएको हो ।

खाँडादेवी गाउँपालिकाले आफ्नो एघारौं गाउँ सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले पालिका हुँदै बहने भटौली खोलाको मुहानमा ड्याम बाँधेर पालिका भित्रका नाङ्गा डाँडालाई हराभरा बनाउने बताए । उनले ड्याम बनाएर पालिकाको मुहार फेरिने बताउदै भने,‘पालिकाले डिपिआर बनाएर तत्काल ड्याम निर्माण गरेर सिंचाइँको कार्यक्रम अघि बढाउँछ ।’
यसैबीच गाउँसभाबाट खाँडादेवी गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि ८० करोड ८१ लाख १७ हजारको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङ्ले सो बजेट सार्जनिक गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्