लिखु तामाकोसी गाउँपालिकाले ल्यायो ८३ करोडको बजेट



१० असार, राामेछाप ।
लिखु तामाकोसी गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि ८३ करोड ३४ लाख बराबरको बजेट ल्याएको छ । आज गाउँपालिकाको ११ औं गाउँसभामा पालिकाकी उपाध्यक्ष दीपा पाख्रिनले ८३ करोड ३४ लाखको बजेट प्रस्तुत गरेकी हुन् ।

गाउँपालिकाका अध्यक्ष केशव महतले पालिकाको विकासलाई प्राथमिकता दिएर नीति कार्यक्रम र बजेट ल्याइएको बताए । उनले शिक्षा,स्वस्थ्य, कृषि, सडक र खानेपानीलाई प्राथमिकता दिइएको बताए ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नविन साहले नीति तथा कार्यक्रममा पालिकाभित्रको मुख्य सडकलाई कालोपत्रे गर्नेदेखि लिएर १५ शैया अस्पताल निर्माण कार्यलाई तिब्रता दिने विषय समेटिएको बताए । पालिकाले बजेट कार्यान्वयनलाई प्रभावकारी रुपमा अघि बढाउने पनि घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्