मन्थली नगरपालिकाको बजेट १ अर्ब ४० करोड, कुन योजनालाई कति ? (बजेटसहित)



१० असार, रामेछाप । मन्थली नगरपालिकाले आगामी आर्थिक वर्षको लागि १ अर्ब ४० करोडको बजेट ल्याएको छ । गत आर्थिक बर्ष भन्दा ३६ करोड बजेट थप्दै जिल्लाको आठ स्थानीय तह मध्य मन्थली नगरपालिकाले ठूलो आकारको बजेट ल्याएको हो ।
नगरपालिकाको ११ औं नगरसभामा नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतले १ अर्ब ४० करोड ७८ लाख ५३ हजारको बजेट सार्वजनिक गरेकी छिन् ।
यसैबीच नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठले मन्थली नगरपालिकालाई समृद्ध बनाउने गरी नीति तथा कार्यक्रम ल्याएको बताए । उनले नगरपालिकाको फोहोर विर्सजन गर्नका लागि ल्याण्डफिल साइट निर्माणदेखि योजनाबद्ध विकास निर्माणको कामलाई अघि बढाउने नीति लिइएको बताए ।

प्रतिक्रिया दिनुहोस्