रामेछाप–काठमाडौं पत्रकार समाजको अध्यक्षमा गुरुङ



११ असार, रामेछाप ।
रामेछाप–काठमाडौँ पत्रकार समाजमा अध्यक्षमा दिपेन्द्र गुरुङ निर्वाचित भएका छन् । राजधानीमा आज सम्पन्न समाजको दोस्रो अधिवेशनले दीपेन्द्र गुरुङलाई सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । समाजको समाजको उपाध्यक्षमा यसिमा महत, महासचिवमा प्रज्वल पौडेल, सचिवमा एलिना कार्की र कोषाध्यक्षमा दुर्गा खड्का चयन भएका छन् । त्यसैगरी त्यस्तै सदस्यहरुमा घनश्याम श्रेष्ठ, सुवास सुनुवार, पवन बराइली र राजकुमार खाती रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्