रामेछापको राकाथुममा गाडी दुर्घटना



११ असार, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका–१ मा आज साँझ गाडी दुर्घटना भएको छ । राकाथुमको पिपलटारमा सुजुकीको सेल्स गाडी दुर्घटना भएको हो । दुर्घटना हुँदा गाडीका चालक र गाडी धनी घाइते भएका छन् ।

घाइतेलाई स्थानीय उद्धार गरेर प्राथमिक उपचार गराएर थप उपचारको लागि काठमाडौं पठाइएको खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा सदस्य जीवन राना मगरले रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार प्रहरी र वडा कार्यालयको रोहरवमा दुर्घटना भएको गाडीको सामान समेत जिम्मा लगाइएकोछ ।

प्रतिक्रिया दिनुहोस्
8w1U6L, uESGVOxL5, kHpQd1WzfKwlCz, uYZ1Z, WQpkg, x3kh4nEe, mhVC5tgce9GYQN8T, OfMpkHM4yeF, rdgLgLSb7r, WxUngd