रामेछापको खेल क्षेत्रको विकास गर्न प्रतिबद्ध छुः सदस्य सचिव घिसिङ



११ असार, रामेछाप ।

राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव टंकलाल घिसिङले खेलकुद क्षेत्रको विकासका लागि आफूले योजनाबद्ध रुपमा काम सुरु गरेको बताएका छन् । उनले खेल क्षेत्र सुधारको लागि काम गरिरहेको बताएका हुन् ।
शनिवार शनिबार काठमाडौंमा आयोजित रामेछाप–काठमाडौं पत्रकार समाजको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै घिसिङले आफ्नो कार्यकालमा खेलकुदले फड्को मार्ने विश्वास व्यक्त गरे। घिसिङले खेलाडीको हितमा समेत ध्यान दिँदै एसियाली खेलकुद र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदलाई प्राथमिकता दिएर काम गर्ने बताए ।

उनले भने,‘खेलाडीलाई चलायमान बनाउनु पर्छ, जसरी युद्ध भएपछि आर्मी थपौंला, भर्ति गरौंला, तालिम गरौंला भनेर हुँदैन त्यसरी नै खेलमा फाइट गर्न खेलाडीलाई नियमित अभ्यास आवश्यक पर्छ।’
राजधानी काठमाडौबाट नजिक भएर पनि रामेछापको अझै विकास दृष्टिले पछाडि परेको बताउदै विगतमा सडकले नछोएको समयमा जिल्लालाई रामेछापलाई सुगम घोषणा गर्नाले विकासमा पछाडि परेको र संघर्ष गरिरहनु परेको बताए ।

उनले रामेछाप जिल्लाभित्र खेलकुद क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउदै खेलकुदको पूर्वाधार निर्माणमा विशेष ध्यान दिने बताए ।

प्रतिक्रिया दिनुहोस्