रामेछाप पनि मनाइयो राष्ट्रिय धान दिवस, मल नपाउदा किसान चिन्तित



१५ असार, रामेछाप ।
रामेछाप जिल्ला पनि १९ औं राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ । कृषि ज्ञान केन्द्र रामेछाप र खाँडादेवी गाउँपालिकाको संयुक्त आयोजनामा पकरबासको माडीमुहानमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परीयोजना कार्यान्वयन इकाइको सहयोगमा संयुक्त रुपमा दिवस मनाइएको हो ।

कार्यक्रममा खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले कृषि क्षेत्रको विकासका लागि गाउँपालिकाले योजना निर्माण गरेरै काम सुरु गरेको बताए । रामेछापको सुनापति दोरम्बा लगायतका ठाउँमा पनि धान दिवस मनाइएको छ ।
यता धान दिवस मनाइरहदा धानमा हाल्ने रासायनिक मल नपाउदा पनि किसान चिन्तित बन्न पुगेका छन् । रामेछाप पनि रोपाइँ सुरु भइसक्दा समेत किसानले आवश्यकता अनुसारको मल प्राप्त गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्